एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे।

उक्त सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले सो अस्पतालबाट आइपिडी–डाइग्नोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो।

बैंकले हाल १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बंैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *