काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको आवेदनलाई नेपाल धितोपत्र बोर्डले ग्रहण गर्दै आवेदन सूचीमा समावेश गरेको छ।
बोर्डले आईपीओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरुलाई ६ चरणमा विभाजन गरेको छ। जसमा टाइम फर्मास्युटिकल्सलाई ‘एप्लिकेसन रिसिभ’मा राखेको छ। कम्पनीले २०८३ साउन २२ गते बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशनको लागि आवेदन दिएको थियो।
धितोपत्र बोर्डले आवदेन दिएका कम्पनीहरुलाई आईपीओ जारी गर्ने प्रकृतिको आधारमा फरक-फरक क्याटागोरीमा राखेको छ। जसमा फेस भ्यालु, प्रिमियम र बुक बिल्डिङको क्याटागोरी रहेका छन्।
फेस भ्यालु भनेको प्रतिकित्ता १०० रुपैयाँ दरमा आईपीको निस्काशन गर्नको लागि आवेदन दिएका कम्पनीहरु हुन् भने बुक बिल्डिङ विधि भने योग्य संस्थागत लगानीकर्ताले निर्धारण गरेको मूल्य हो।




