मूल्यवृद्धि उच्च बिन्दुमा, उपभोग्य वस्तु झनै महँगो

काठमाडौं । गत आर्थिक वर्षमा मूल्यवृद्धि उच्च देखिएको छ । महंगी करिब ८ प्रतिशत हाराहारी पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले मूल्यवृद्धिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको थियो । तर मूल्यवृद्धि ८ प्रतिशतको हाराहारीमा पुगेको हो ।

राष्ट्र बैंकले आज यस्तो तथ्यांक सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १.४२ प्रतिशतले विन्दुले बढी हो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो।

२०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ।

यसका साथै गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *