

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वहरु तिज, दशैं, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको छ ।
भदौ १ गते देखी लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४% को स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १००% सम्म बैंक लगानी रहने छ । सवारी कर्जा १०.९९% को स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८०% सम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ ।
तिन महिनाको लागि लागुहुने “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० % को प्रिमियम दरमा उपभोग गर्न सकिने छ । साथै बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहकहरुलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गरे ।
पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

अर्थ सन्जाल