अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९ जनाले हात पारे ११ कित्ता सेयर

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज (सोमबार) बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा ७.२३ गुणा बढी आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाको माध्यममार्फत सेयर बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा १३ लाख ६१ हजार १५४ जना आवेदकले एक करोड ५३ लाख ४७ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

जसमध्ये १२ लाख ८३ हजार ५ सय ९६  मात्र योग्य आवेदन परेको थियो । योग्य आवेदनहरुबाट १ करोड ४१ लाख ९९ हजार ८९० कित्ता सेयर माग भएको थियो ।

गोलाप्रथामार्फत योग्य आवेदकलाई बाँडफाँट गर्दा एक लाख ९५ हजार ३२७ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् । भाग्यशाली ९ जनाले थप एक-एक कित्ता अर्थात् ११/११ कित्ता सेयर हात पारेका छन् ।

कम्पनीले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १९ लाख ५३ हजार २७९ कित्ताका सेयर बिक्री गरेको थियो ।

आईपीओ नतिजा कम्पनीको आईपीओ बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीलेआयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि यसअघि नै सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *