काठमाडौं । पत्रकार तथा लेखक जनकराज सापकोटाद्वारा लिखित नयाँ पुस्तक ‘मगनी मरिक’ विमोचन स्थलबाटै १५० भन्दा बढी प्रति बिक्री भएको छ । विमोचन कार्यक्रममा लेखक सापकोटाको हस्ताक्षरसहित १५० भन्दा बढी पुस्तक बिक्री भएको हो। पुस्तकको अङ्कित मूल्य ४४० रुपैयाँ तोकिए पनि विमोचनको विशेष अवसरमा आज पाठकहरूलाई छुटसहित प्रतिपुस्तक ३५० रुपैयाँका दरले उपलब्ध गराइएको थियो ।
बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा लेखक सापकोटा, चमार समुदायका पहिलो डाक्टर रामजी राम तथा डोम समुदायबाट पहिलो पटक कक्षा १२ मा अध्ययनरत बाराकी अञ्जु कुमारी मरिकले संयुक्त रूपमा विमोचन गरेका थिए ।
कार्यक्रममा राजनीतिज्ञ सुमना श्रेष्ठ, चलचित्र निर्देशक तथा निर्माता प्रदीप भट्टराई, जेन–जी अभियन्ता रक्षा बम लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





