

काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गरी साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको विभिन्न साधारणसभाबाट पारित नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई भुक्तानी लिन आउन अनुरोध गरेको हो ।
हाल यी बैंक तथा वित्तीय संस्था प्रभु बैंकका गाभिएका छन् । छुटेका नगद लाभांश संकलन गर्न आवश्यक कागजपत्रसहित काठमाडौंको कमलादीस्थित सेयर रजिस्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल