काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ३.८३ प्रतिशतले बढेको छ । असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ३६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।
यो अवधिसम्म कम्पनीले १५ अर्ब ४३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.९४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १४ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
कम्पनीको पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आय ९ करोड १८ लाख रुपैयाँ थियो।
कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष यस्तो कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ थियो ।
कम्पनीको जगेडा कोषको आकार १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ । कम्पनीको बीमालेखको संख्या ११ लाख ५ हजार ३६५ पुगेको छ । अघिल्लो वर्ष यो संख्या १४ लाख २१ हजार ८९७ रहेको थियो।
कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२२ रुपैयाँ, पीई रेसियो ९०.५५ गुणा र प्रतिसेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ।




