सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *