

काठमाडौं । घोराही सिमेन्ट इन्ड्रष्टिको सेयर कारोबार आज आइताबरबाट दोस्रो बजारमा आएको छ । कम्पनीको आईपीओ प्रतिकित्ता ५६५ रुपैयाँमा पहिलो कारोबार भएको छ ।
कम्पनीको आईपीओ गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता (२० प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।
नेप्सेले घोराही सिमेन्टलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा २२६.६१ रुपैयाँदेखि अधिकतममा ६७९.८३ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको थियो।
यो समाचार तयार पर्दासम्म कम्पनीको आईपीओ ४५ रुपैयाँले घटेर प्रतिकित्ता ५२० रुपैयाँ कायम भएको छ ।

अर्थ सन्जाल