काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कर्जा निक्षेप अनुपात नपुर्याएको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको भन्दै ३ बेंकलाई कारबाही गरेको हो ।
केन्द्रीय बैंकले प्राइम कमर्सियल बैंकलाई पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पति गणना गर्दा वास्तविकभन्दा कम गरेकोले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
यस्तै कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै ५९ लाख ६३ हजार ६९४ रुपैयाँ २२ पैसा जरीवाना गराएको छ ।
त्यसैगरी, केन्द्रीय बैंकले हिमालयन बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरीवाना गराएको छ ।







