काठमाडाैं । सेयर बजारमा सोमबार पनि सामान्य अंकले गिरावट आएको छ। बजार आज नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ को विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.५९ अंकले घटेर ३९०.४३ को विन्दुमा ओर्लेको छ। सवा २ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६७ कम्पनीका ६६ लाख ४७ हजार १४३ कित्ता सेयर २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९८ रुपैयाँमा किनबेच भएका छन्।
त्यसैगरी, वित्त समूह सर्वाधिक १.६५ प्रतिशतले उकालो लागेको छ।
आज विकास बैंक र होटेल तथा पर्यटन समूह समान १.४१ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०७ प्रतिशत, लघुवित्त समूहमा ०.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०७ प्रतिशत र व्यापार समूहमा ०.९५ प्रतिशतको बढोत्तरी भएको छ।
आज बैंकिङ समूह सर्वाधिक ०.९४ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.३६ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.३३ प्रतिशत र लगानी समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ।
त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ४३ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज नेपाल रिपब्लिक मिडिया, सोल्टी होटेल, एभरेस्ट बैंक, शिवम सिमेन्ट, महालक्ष्मी विकास बैंकको संस्थापक सेयर, नबिल बैंक, अपर तामाकोशी, एनआईसी एसिया बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।







