रास्वपाकी सांसद तोषिमाले सोधिन् : सदन कसको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद तोषिमा कार्कीले सदन कसको हो भन्दै प्रश्न गरेकि छिन्। उनले सोमबार फेसबुकमा एक स्टाट्स लेख्दै सांसद तोषिमा कार्कीले सदन अवरोध गरेको रिसमा सदन कसको हो भनि प्रश्न गरेकि हुन्।

उनले फेसबुकमा लेखिकि छिन् :

सदन चल्छ भनि बोलाउने । अनि फेरी बन्द गर्ने।
एक दिन हैन, दुई दिन हैन । पटक पटक यस्तै।
सदन कसको हो ?
जनताको होईन ?
कसको लागी हो ?
जनताको लागि होईन ??
हामी प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने हो ।
अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्यो नि !
सदन बन्द गर्नु भनेको झन् सरकारलाई जे गर्दैछस् सब ठिक छ। प्रश्नै छैन । काण्डै काण्ड छन् तैँ चुप मै चुप। तँ जनता ठगिराख हामी साथ छौँ भने जस्तो भयो !! वास्तवमा प्रमुख प्रतिपक्षले जति सक्दो सदन चलाउनुपर्छ। बहस गर्नुपर्छ। सरकारलाई बिजनेस दिनुपर्छ।
तर यहाँ त,
जनताको मुद्दा उठाउने ठाउँ चल्नै नदिने ??
अनि मुद्दा काहाँ उठाउने ? छलफल कहाँ गर्ने ??
आज पनि १ बजे सुरु हुने भनिएको सदन अझै चल्ने छाँट काँट नै छैन। सरकारले सदन नै चलाउन नसक्नु कस्तो कमजोर सरकार हो !!
देशभरिको २७५ जना सांसदहरुको समय बर्बाद।
जनताको पैसो बर्बाद। काम छैन यस्तो नेतृत्व !!
सदन बन्द हुनुहुँदैन। जसरी पनि चलाउनुपर्छ।
अबको ४ वर्षमा २०८४मा यो प्रवृत्ति परिवर्तन हुनैपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *