काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकको खुद नाफा १८.१९ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्ग्दा बैंकको खुद ब्याज आम्दानी २३.५७ प्रतिशतले बढेर ३ रब २० करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा ५५ करोड ७२ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा १५.५० प्रतिशतले बढेर एक अर्ब ७२ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ९८ पैसाले बढेर २३ रुपैयाँ ४७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५ पैसा छ ।
चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६४ लाख रुपैयाँ सञ्चित छ ।




