राष्ट्रिय वाणिज्य बैंकको नाफा ३२.९४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकको खुद नाफा १४.५४ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा १८.७७ प्रतिशतलेले बढेर ६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५ अर्ब ८१ करोड रुपैयाँ थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। यो बैंकको लाभांश क्षमता ११.५९ प्रतिशत रहेको छ ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) २.०९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३५ करोड ५७ दाख रुपैयाँ थियो।

बैंकको जगेडा कोषको आकार १३०.४८ प्रतिशतले बढेर ३६ अर्ब ५८ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।

सो अवधिसम्म बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३३.९६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३४.८५ रुपैयाँ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *