

काठमाडाैं । साताको पहिलाे दिन आईतवार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ। बजार आज नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ को विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.५२ अंकले घटेर ३९२.०२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम करिब २ अर्ब ६८ करोड रुपैयाँको हाराहारीमा भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीकाे ८० लाख ७ हजार ३६१ कित्ता सेयर कारोबार रकम करिब २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँमा किनबेच भएकाे छ ।
Artha Sanjal

अर्थ सन्जाल