प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबार (साउन २ गते) देशका विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ।

एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्तालाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। झापाको बिर्तामोड, पर्साको वीरगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्तालाई सहभागी गराइएको थियो। चारै ठाउँमा भएको कार्यक्रममा १००–१०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति थियो।

कार्यक्रममा मर्जरपछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किमबारेमा अभिकर्तालाई प्रशिक्षण दिइएको थियो। बिर्तामोडमा सोनबहादुर मगर र प्रभाकर न्यौपाने, वीरगन्जमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्तराज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोरप्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए। प्रशिक्षक सबैजना प्रभु महालक्ष्मी लाइफ कम्पनी प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरु हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *