सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।

संस्थालेले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता शेयर अर्थात ४६ लाख ७२ हजार ९ सय ९४ रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त सम्झौता—पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

सूर्योदय वोमी लघुवित्तको अधिकृत पुँजी रु. १ अर्ब, जारी पुँजी रु. ९१ करोड ५४ लाख ५५ हजार ४६३ र चुक्तापुँजी रु. ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रहेको छ। संस्थाले देशभर १९२ शाखामार्फत १ लाख ७१ हजारभन्दा बढी सदस्यलाई आफ्नो सेवा प्रदान गरिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *