एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री विपद राहत कोषमा गर्‍यो १ करोड ३५ लाख रूपैयाँ सहयोग

काठमाडौं । सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदायक फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री विपद राहत कोषमा १ करोड ३५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्युतीय भुक्तानी लगायतको वित्तीय सेवा प्रवाह गर्ने इसेवा, फोन पे सञ्चालन गरिरहेको यो कम्पनीले बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत् कोषमा सहयोग रकम हस्तान्तरण गरेको हो।

इसेवाका अध्यक्ष परशुराम कुँवर खत्रीले ग्रुपको तर्फबाट भएको यो सानो योगदानले संकटमा परेका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनामा थोरै भए पनि मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *