सानिमा बैंकको दराजसँग “दराज महाबचत योजनाका” लागि सहकार्य

काठमाडाैं। सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दराज महाबचत योजनामा” विशेष छुट दिने सहकार्य गरेको छ ।

ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. १ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरिसक्नुपर्ने हुन्छ। अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियो सहितको प्रकृया सानिमा बैंकको आधिकारिक युट्युब च्यानल (https://youtu.be/aCHTzUKKO0o) मा राखिएको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्। यही साउन ४ देखि साउन १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *