नेप्सेमा थपियो सवा ३ लाख बढी कित्ता सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सवा ३ लाख बढी कित्ता सेयर थपिएको छ ।

नेप्सेमा किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ३ लाख २९ हजार ९५९.३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यो लघुवित्तले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *