नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं ।  सेयर बजार आईतबार दोहोरो अंकले उकालो लागेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ को विन्दुमा उक्लिएको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.९० अंकले बढेर ३९४.१५ को विन्दुमा पुगेको छ। कारोबार रकम भने २ अर्ब ३७ करोड रुपैयाँबराबरको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका ७१ लाख ८४ हजार २५४ कित्ता सेयर २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७४ रुपैयाँमा कारोबार भएका छन्।

त्यसैगरी, म्युचुअल फन्ड समूह सर्वाधिक २.०६ प्रतिशतले उकालो लागेको छ । बैंकिङ समूह १.३३ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.५४ प्रतिशत, लगानी समूहमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.९७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९६ प्रतिशत र अन्य समूहमा ०.४२ प्रतिशतको बढोत्तरी भएको छ।

आज जलविद्युत समूह सर्वाधिक ०.७३ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.२२ प्रतिशतले घट्दा वित्त समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.०६ प्रतिशत र व्यापार समूहमा ०.१७ प्रतिशतको गिरावट आएको छ।

आज शिवम सिमेन्टको सर्वाधिक १९ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यसैगरी,  हिमालयन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, हिमालयन एभरेस्ट इन्स्योरेन्सको संस्थापक सेयर, एसियन लाइफ इन्स्योरेन्स, सोल्टी होटेल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर, नबिल बैंक, एनआईसी एसिया बैंक र निफ्राको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *