बैंकिङ प्रणालीमा अधिक तरलता

काठमाडौँ। नेपालको बैंकिङ प्रणालीमा ५७ खर्ब ३० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

केन्द्रीय बैंकको बिहीबारसम्मको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ । बुधबारको तुलनामा ६ अर्बले कम हो। बुधबार यस्तो निक्षेप ५७ खर्ब ३६ अर्ब रहेको थियो। राष्ट्र बैंकले रिभर्स रिपोमामार्फत बुधबार र बिहिबार गरी ४० अर्ब प्रशोचन गरेको हो।

बुधबारसम्म वाणिज्य बैंकहरुसँग मात्रै ५० खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यता, बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४२ खर्ब ९४अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बिहीबारसम्मको तथ्यांक अनुसार सीडी रेसियो भने ८१.७५ कायम भएको छ भने अन्तर बैंक ब्याजदर ०.६० प्रतिशत रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *