मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले उक्त व्यायामशालामा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्। उक्त व्यायामशालामा एमएमए, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लासेस, जुम्बा, योगा लगायतका सेवाहरू उपलब्ध छन्।

साथै, वर्कआउट पछि रिल्याक्सेसनका लागि साउना सुविधाको समेत व्यवस्था गरिएको छ। उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्था तथा व्यवसायसँग सहकार्य गर्दै आएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *