काठमाडाैं । पछिल्लो समय बैंकहरुले निक्षेपमा दिने व्याजदर घटाउदै गएका छन् । आज मात्र विकास बैंकहरुले साउन महिनाको लागि आफ्नो ब्याजदर प्रकाशन गरेका छन् ।
जसअनुसार मुद्धती खातामा दिने ब्याज समेत घटेको छ । कामना सेवा विकास बैंकले प्रकाशन गरेको व्याजदर अनुसार मुद्धती खातामा ९.९९ प्रतिशत प्रकाशन गरेको छ । वित्तीय बजारमा तरलताको समस्या हट्दै गए पश्चात बैंकहरुले क्रमिक रुपमा व्याज घटाउँदै आएका थिए ।
नेपाल राष्ट्र बैंकको विवरण अनुसार बैंहरूले कर्जा निक्षेप अनुपात ८१.६७ प्रतिशत रहेको छ । राष्ट्र बैंकको नियम अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशत सम्म हुन पाउने प्रावधान रहेकोमा बैंकहरूले कर्जा लगानी गर्न नसक्दा उक्त अनुपात घट्न गएको छ ।
बचतकर्ताहरुलाई बैंकले दिने ब्याजदर घटेसँगै वैंकहरुको आधारदर घट्न गई कर्जाको व्याजदर समेत घट्ने छ ।
Artha Sanjal
अर्थ सन्जाल