


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ४३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Artha Sanjal

अर्थ सन्जाल