प्रतिनिधि सभाको बैठक बस्दै,यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *