काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONA र IONIQ 5 को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।
दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुन्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरी यस्तो योजना ल्याएको हो । यस योजनाअन्तर्गत इच्छुक खरिदकर्ताले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षका लागि) हुन्डाई KONA र IONIQ 5 खरिद गर्न सक्नेछन् ।
बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुनेछ ।
विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ कम्पनीले हुन्डाई KONA र IONIQ 5 लक्षितगरी यो अफर ल्याएको हो । यी दुवै ईभी नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुवै ईभीले ग्राहकको मन जित्न सफल भएका छन् ।
आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाई KONA ३ वटा भेरियन्टमा उपलब्ध छ । KONA NS को मूल्य रु. ६० लाख ९६ हजार, GL को ६१ लाख ९६ हजार र GLS भेरियन्टको रु ६४ लाख ९६ हजार रहेको छ ।
यसका साथै IONIQ 5 GLS Vision roof भेरियन्ट रु. १ करोड २ लाख ९६ हजार को मूल्यमा उपलब्ध छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानमा चार्जिङ प्वइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।




