काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । आज २.९४ अंकले घटेर २०९१.३९ को विन्दु्मा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक १.८२ अंकले बढेर ३९२.३८ को विन्दुमा पुगेको छ।
कारोबार रकम पौने ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ उपसमूहको सेयर मूल्य बढेको छ भने ८ उपसमूहको सेयर मूल्य घटेको छ।
यो दिन वित्त समूह सर्वाधिक ५.२२ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ३.४९ प्रतिशतले बढ्दा लगानी समूहमा ३.०८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.२३ प्रतिशत र अन्य समूहमा २.१७ प्रतिशतले बढेको छ।
आज निर्जीवन बीमा समूह सर्वाधिक २.४८ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.६७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६१ प्रतिशत, जलविद्युत समूहमा ०.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९५ प्रतिशत, लघुवित्त समूहमा ०.७५ प्रतिशत र व्यापार समूहमा ०.४६ प्रतिशतको गिरावट आएको छ।
यो दिन शिवम सिमेन्टको सर्वाधिक २९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज ५ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स र माउन्टेन इनर्जीको सेयरभाउमा १० प्रतिशत तथा बिपिडब्लू लघुवित्त, मेन्छियाम हाइड्रोपावर र सिटी होटेलको आईपीओमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।
युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ।