काठमाडौं । करोडौँको झुटो आवेदन भारार लगानीकर्तालाई भ्रममा पारेको समाचार सार्वजनिक भएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
जाँचबुझका लागि हाललाई कम्पनीको आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय भएको बोर्डले जनाएको छ।
बोर्डको आज बसेको बैठकले कम्पनीको आईपीओ बिक्री स्थगन गर्न निर्देशन दिएको हो ।
आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।
बोर्डले आज आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक रहेको हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टलाई पत्राचार गर्दै सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।
बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।
यसअघि बोर्ड अध्यक्ष अध्यक्ष रमेशकुमार हमालले कम्पनीको आईपीओमा परेको आवेदन सम्बन्धमा छानबिन भइरहेको र दोषी देखिए कारबाही गर्ने बताएका थिए । आफ्नो खातामा पैसा नभएको थाहा हुँदा हुँदै लगानीकर्तालाई प्रभावित पार्नको लागि जानाजान अत्याधिक कित्ताको लागि आईपीओमा आवेदन परेको सिडीएसले जनाएको छ ।




