काठमाडौँ । गृह मन्त्रालयले २८ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले मङ्गलवार ९ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललगायत मन्त्रालय तथा अन्यत्र कार्यालयबाट सरुवा भई आएका अधिकृतहरूलाई उपत्यका बाहिर सरुवा गरेको हो।
अधिकृतहरूलाई रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, पश्चिम नवलपरासी, बाँके, ओखलढुङ्गा, पर्सा, सिन्धुपाल्चोक, उदयपुर, दोलखा, कपिलवस्तु, प्युठान, सोलुखुम्बु, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ जिल्लामा गएर काम गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् ।
।







