यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।आज डलरको खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा रहेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको छ। यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०२ पैसा र बिक्री दर १६६ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *