‘जब फिल्मको छायांकनमा बर्षा र मुकुन नाच्दानाच्दै आगो लाग्यो’

काठमाडौँ । फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बिहीबार बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा अभिनेत्री वर्षा सिवाकोटीसहित एक सय जना कोरसले नृत्य गरिरहेको सेटमा लोमान बालेर धुवाँ निकाल्ने क्रममा आगलागी भएको हो ।

कविराज गहतराजले नृत्य कोरियोग्राफी गरिरहेका थिए । आगो नियन्त्रणमा आइसकेको भए पनि सेट भने पूर्ण रुपमा जलेर नष्ट भएको   लक्ष्मण सुवेदीले बताए ।

आगलागीबाट मानवीय क्षति भएको छैन । तर, सेट जलेर नष्ट हुँदा १० लाख बराबर क्षति भएको बताइएको छ। आगलागीपश्चात् गीतको छायांकन रोकिएको छ । फिल्मको सम्पूर्ण छायांकन भइसके पनि एक गीत खिच्न बाँकी थियो, जुन बिहीबारबाट छायांकन गर्न थालिएको थियो । वर्षा फिल्मको एक गीतमा मात्र देखिँदैछिन् । फिल्मको मुख्य भूमिकामा मुकुन भुषाल र मेनुका प्रधान छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *