झन्डै डेढ अर्ब निक्षेप डुब्न लागेपछि शिव शिखर सहकारीका बचतकर्ता निरन्तर आन्दोलनमा

झन्डै डेढ अर्ब रुपैयाँ निक्षेप डुब्न लागेपछि शिव शिखर सहकारीका बचकर्ता निरन्तर आन्दोलनमा छन् । शिव शिखर शाखा कीर्तिपुरले आफूहरूले बचत रकम फिर्ता गर्न नसेपछि बचतकर्ताहरूले संघर्ष समिति नै गत चैत ११ गतेदेखि आन्दोलनमा छन् ।

संघर्ष समितिका अनुसार सहकारीको कीर्तिपुर शाखामा ५ हजार ५ सय बचतकर्ताको करिब १ अर्ब ३० करोड निक्षेप जम्मा भएको छ । उक्त रकम झिक्न नपाउँदा घरायसी कामकाज गर्न, औषधि उपचार गर्न, क्याम्पसमा शुल्क तिर्नलगायत दर्जनौं समस्यारू परिरहेको आन्दोलित बतकर्ताहरूले बताएका छन् ।

समस्या पर्दा आफैले जम्मा गरेको बतन झिक्न नपाएपछि बतकर्ताहरूले शिव शिखर बचतकर्ता संघर्ष समिति बनाउर चरणवद्ध आन्दोलन गर्दै आएका छन् । समितिले आफूहरूको बचत फिर्ताका लागि सरकारी निकायको ढोका ढक्ढक्याउनेदेखि सडक आन्दोलनसमेत गरेका छन् ।

बतकर्ताहरुले अब आफूहरूको सावाँ तथा ब्याज सरकारले तुरुन्तै फिर्ता गरिदिनुपर्ने र उक्त सहकारी र सञ्चालकहरूबाट सरकारले सोधभर्ना लिनुपर्ने माग गरेका छन् । संघर्ष समितिले सहकारीलाई थप व्यवस्थित बनाउन भन्दै केही सुझाव पनि दिएको छ ।

सहकारी पीडित बचतकर्ताहरुको रकमको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने, बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन र नियमन राष्ट्र बैंकबाट हुनुपर्ने, सहकारीसँग सम्बन्धित नीति नियमहरु संशोधन गरी विद्यमान परिस्थितिलाई मध्येनजर गर्दै सहकारीका सञ्चालकले संस्थामार्फत गर्ने गरेको ठगी, संगठित अपराध रोक्न वा बचतकर्ताका गरिबी निवारण तथा आर्थिक विकासमा टेवा पुर्‍याउन र पञ्चवर्षीय योजना तथा दिगो विकासको लक्ष्य पूरा गर्न आवश्यक कानुन बनाइ लागु गर्नलगाायतका सझुाव उनीहरुले दिएका छन् ।

हेर्नुहाेस् पीडित बचतकर्ताद्वारा जारी प्रेस वक्तव्य:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *