काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ४०.४८ अंकले बढेर १९८० को विन्दुमा पुगेको छ।
उक्त दिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
सेयर बजारमा सुधार आउँदा आज ग्लोबल आइएमई ब्यालेन्ड्स फण्डको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ३.८३ प्रतिशतले घटेको छ ।
मेगा म्युचुअल फण्डको २.५३ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको २.५१ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्डको २.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० अंकले बढेको हो ।
त्यसैगरी, सिटि होटल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेन्ट बैंकको८.७० प्रतिशत, रिलायन्स फाइनान्सको ८.३६ प्रतिशत, नागरिक लगानी कोषको ८.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज नागरिक लगानी कोषको सर्वाधिक ११ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
शिवम सिमेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, सानिमा बैंकको संस्थापक सेयर, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, सोल्टी होटेल र साल्ट ट्रेडिङको सर्वाधिक कारोबार भएको छ।






