वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला

हेटौँडा। मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उनकी  ७४ वर्षीया श्रीमती नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुवै दम्पती गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *