


हेटौँडा। मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी ७४ वर्षीया श्रीमती नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुवै दम्पती गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Artha Sanjal

अर्थ सन्जाल