काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा असार १५ गते हुने भएको हो । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५ प्रतिशत नगद लाभांशसहित कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफलका गर्नुका साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको छ ।
प्रस्तावित बोनस सेयर सरकार र बीमा प्राधिकरणबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गर्दैछ । असार ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।




