‘रेशम चौधरीलाई आममाफी दिँदा अन्य थारु युवालाई किन छोडिएन ?’

काठमाडौं । टिकापुर घटनामा संग्लन आरोपमा जन्मकैद तोकिएका रेशम चौधरीलाई छोड्दा अरु सामान्य थारु युवा तथा नेताहरुलाई किन छाडिएन ? भन्दै राष्ट्रियसभाको सांसद् हरिराम चौधरीले प्रश्न उठाएका छन् ।

शुक्रबार राष्ट्रियसभामा बजेटमाथी चलेको छलफलमा बोल्ने क्रममा चौधरीले रेशम चौधरीलाई छाडेर सोही मुद्धामा पक्राउ परेका अरु सामान्य थारु युवा तथा नेतालाई नछोडिएको प्रति शंका व्यक्त गरेका छन् ।

एवटै घटनामा कोही छुट्ने र कोही नछोड्ने हुँदा यसले समाजमा अर्को वितण्डा मच्याउने प्रयास भएको बताएका छन्।

उनले भने, ‘टिकापुर घटनामा दुई दर्जन बढि पक्राउ परेका छन्। सर्वस्वसहित जन्मकैद पाएका रेशम चौधरीलाई छोड्दा अरु सामान्य थारु युवा तथा नेताहरुलाई किन छाडिएन ? सरकारलाई रेशम चौधरी निर्दोष लाग्छ भने सोही घटनाका अरु सामान्य थारु नेता किन जेलमा छन् ?’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *