कामना सेवा विकास बैंकका ग्राहकलाई होटल सयपत्री र भान्सा घरमा छुट

कामना सेवा विकास बैंक र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णहरुले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

त्यस्तै बैंकले भान्सा घर, बुटवलसंग पनि मर्चेन्ट सम्झौता सम्पन्न गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यी सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *