ग्यास आयात बढाएर छिटै आपूर्ती सहज गराउछौँ: नवनियुक्त कार्यकारी निर्देशक साह

काठमाडाैं । नेपाल आयल निगम लिमिटेडका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र साहले बिहिबार दिउँसो बबरमहलस्थित केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणलगत्तै आयोजित स्वागत कार्यक्रममा बोल्दै साहले भारतबाट ग्यास आयात बढाएर छिट्टै आपूर्ती सहज गराउने बताए।

‘ग्यास आपूर्ती असहज भएका बेला मेरो नियुक्ती भएको छ। त्यसैले, ग्यासको आपूर्ती सहजतालाई पहिलो प्राथमिकतमा राखेर काम गनुपर्नेछ’ उनको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘भारतबाट आयात परिमाण तत्कालै बढाएर बजारमा आपूर्ती पनि बढाइनेछ। यसबाट अहिलेको समस्या छिटै समाधान हुने मेरो विश्वास छ।’

उनले उपभोक्तालाई लाइनमा लागेर ग्यास लिनुपर्ने बाध्यता हटाउन प्रभावकारी अनुगमन गर्ने, क्वीक रेस्पोन्स टिमलाई थप जिम्मेवार बनाउने र हटलाइनमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्न पनि कर्मचारीलाई निर्देशन दिए।

ग्यासको दीर्घकालिन आपूर्ती सहजताका लागि भण्डारण गृहसमेत निर्माण गर्ने उनले बताए। आयल निगमले सर्लाहीको नेत्रगञ्जमा रहेको १५ बिघा जमिनमा ग्यासको भण्डारण गृह निर्माण गर्ने योजना ८ बर्षदेखी अघि सारेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन। सरकारको नीति तथा कार्यक्रमअनुसार आफ्नो कार्यकालमा तीन महिनालाई पुग्ने भण्डारण गृह निर्माणलाई प्राथमिकतामा राख्ने पनि उनले बताए।

‘ग्याससहित अन्य पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ,’ उनले भने, ‘दीर्घकालिन् रुपमा आपूर्ती सहजताका लागि सरकारको योजनाअनुसार भण्डारण गृह निर्माण हुनु जरुरी छ।’

अहिले भारतीय अनुदान सहयोगमा झापाको चारआलीमा पाइपलाइन र भण्डारण गृह तथा चितवनको लोथरमा पाइपलाइन निर्माण कार्य अघि बढेको छ। त्यस्तै, चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको भण्डारण गृह आयल निगमको खर्च र भारतको प्राविधिक सहयोगमा अघि बढेको छ। यसका अलवा काठमाडौंको गुहेश्वरीमा नयाँ हवाइ इन्धन डिपो र रुपन्देहीको ओमसतिया तथा रोहिणी गाउँपालिकामा नयाँ इन्धन भण्डारण गृह निर्माणको योजना भने अघि बढ्न सकेको छैन। सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापना गर्ने योजना पनि थाती बसेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *