‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावलीको प्रयोग गर्नुभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने वाक्यले अन्धा समुदायलाई चोट पुगेको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो ।

सांसद ढकालको नियमापत्तिपछि उपसभामुख रानाले सो शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो । आगामी वर्षको बजेटका बारेमा सांसदहरू छिरिङ डम्डुल लामा (भोटे), नागिना यादव, विद्या भट्टराई, डिल्लीराज पन्त, अमृतादेवी अग्रहरीलगायतले आफ्ना विचार राख्नुभएको छ ।

राजस्व बढाउन विद्युत् र पर्यटनमा महत्त्व दिनुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो । कृषिलाई पनि बजेटले प्राथमिकता दिए आयात कम गर्न सकिनेमा सांसदहरूको भनाइ थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *