पुँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्।

अर्थ मन्त्रालयमा आज लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री डा महतले पुँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका हुन् ।

छलफलमा अर्थमन्त्री, अर्थसचिव, आन्तरिक राजस्व विभागका महानिर्देशन, सेबोनका अध्यक्ष, नेप्सेका सीईओ, ब्रोकर एसोसिएसनका पदाधिकारी र आन्दोलनरत लगानीकर्ताहरुको उपस्थिति छ।

सरकारले आर्थिक विधेयक २०८० मार्फत लिएको कर नीतिको विरोध जनाउँदै सेयर लगानीकर्ताहरु बिहीबारदेखि निरन्तर आन्दोलनमा छन् । सेयर लगानीकर्ताहरुले आज बिहान काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।

आन्दोलनरत लगानीकर्ताहरुले भने पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका छन्।

यता, सबै ब्रोकर हाउसमा तालाबन्दी गरिए पनि नेप्सेको कारोबार प्रणाली भने खुलै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *