काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसकाे अवसरमा चेतनामूलक साइकल र्याली गरेकाे छ । बैंकले आउँदै गरेकाे विश्व वातारण दिवस र आज परेको विश्व साइकल दिवसको अवसरमा काठमाडौैंमा डिबिएनको सहयोगमा उक्त र्याली गरेको हो ।
बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त साइकल र्याली नक्साल, हात्तिसार, दरबारमार्ग, सुन्धाराहुदैं सानो गौचरसम्म पुगेको थियो ।
काठमाडौं लगायत देशभरीको वातावरण पछिल्लो समय खराब हुँदै गएको र जनमानसमा सकरात्मक प्रवाह गरोस् भन्ने हेतुले उक्त र्याली संचालन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुयोग श्रेष्ठले बताए ।


Artha Sanjal






