काठमाडौं । भातको चार दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) स्वदेश फर्कँदै छन्। उनी नेतृत्वको टोली अपराह्न ४ः३० बजे दिल्लीबाट उड्ने साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए। इन्दौरमा विशेष आर्थक क्षेत्र तथा फोहोरमैला व्यवस्थापन केन्द्रको भ्रमण सकेर उनी आजै दिल्ली फर्कनेछन्। दिल्लीबाट साढे चार बजे नेपाल एअरलाइन्सको विमानबाट स्वदेश फर्कनेछन् ।
जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विभिन्न महत्वपूर्ण सम्झौतासमेत भएका छन् ।






