


काठमाडौं । नेपाललाई भारतले १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैँसी दिन लागेको भारतीय दूतावासले जनाएको छ ।
‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन दुवै देशका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति पनि भएको भारतीय दूतावासको भनाइ छ ।

अर्थ सन्जाल