सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

नेपाली बजारमा (बिहीबार) सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । यो दिन छापावाला सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाा र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। हिजो पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *