काठमाडौं । नबिल बैंकले एकैपटक ३८ वटा नयाँ शाखा सञ्चालमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पूरा गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा विशेष कार्यक्रम गरी देशभरका ३८ नयाँ शाखाहरूको उद्घाटन गरेको हो ।
“नबिल बैंक अब तपाईँसंग अझै नजिक” भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातौं प्रदेशमा एकैसाथ ३८ शाखा सञ्चालमा ल्याएको हो ।

३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालमा ल्याइएको बैंकले जनाएको छ ।त्यस्तै, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालमा ल्याएको हो ।
नबिल बैंकका अधयक्ष उपेन्द्र प्रसाद पौडेलले आठ वटा र बैंक सञ्चालक निर्वाण चौधरीले आठ वटा शाखाहरू उद्घाटन गरेका हुन् ।

त्यसैगरी, बैंकका सञ्चालक आशा राणा अधिकारीले थप वटा र बैंकका सञ्चलकनन्त पौडेल र प्रविन तिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन् ।
डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपस्थ अधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालमा आएसँगै बैंकका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ ।








