सनराइज बैंकको करिब सवा १ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । सनराइज बैंकको करिब सवा १ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।

सनराइज बैंकले संस्थापक समूहको १ लाख २२ हजार ४५ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा अन्य व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन पाउनेछन्।

यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर सेयर बिक्री गरे पनि आवेदन नपरेपछि गैरसंस्थापक (अन्य व्यक्ति, कम्पनी र संस्था)का लागि बैंकले आवेदन खुला गरेको हो। यो सेयरमा ७ दिनभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाण्डौको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा रहेको सेयर रजिस्ट्री विभागमा आवेदन दिनुपर्नेछ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *