संसदमै निदाए अर्थमन्त्री महत

काठमाडौं । शुक्रबार संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा अर्थमन्त्री प्रकाशशरण महत भने निदाएको दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विशेषगरी नीति तथा कार्यक्रम आर्थिक र अर्थतन्त्रसँग जोडिने हुनुका साथै आगामी बजेटलाई निर्देश गर्ने हुँदा अर्थमन्त्रीले यो  कार्यक्रम ध्यान दिएर सुन्नु पर्ने हाे । तर नीति तथा कार्यक्रम सार्वजनिक भइरहँदा उनले जुन चासो देखाउन पर्ने थियो, त्याे भने पटक्कै देखिएन ।

बरु उल्टै संसद भवनमा बसेकै ठाउँमा अर्थमन्त्री निदाएको देखिएका‍े छ । उनी यसप्रति खासै संवेदनशील नभएको देखिन्छ। अहिले याे दृश्यले सामाजिक सञ्जाल तातेकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *