सिन्धुली । प्रहरीले नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको भन्दै पक्राउ गरेको छ ।
गोलन्जोर गाँउपालिका वडा नं. ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरिएको शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
प्रहरीका अनुसार उनले सुरेश केसीसँग पटकपटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन, देउबहादुर गुरुङबाट २०७४ सालमा तीस लाख लिएको र सरिता गुरुङलाई आफूसँग गाडी भएको र सो गाडी बिक्रीमा रहेको र बैंकमा २० लाख रकम तिर्नुपर्ने र त्यसपछि गाडी आफूले पाउने भन्दै छलेर रकम लिई फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
अर्थ सन्जाल